माघ १७, २०८२ शनिबार | २२:४८:२३
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

तार्केश्वर मेयर रनिङ शिल्डः एन्जल्स हार्ट र एलएनए बास्केटबलको फाइनलमा

तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले सिद्धार्थ मोडेललाई २५-१५ ले पराजित गर्यो । एलएनएको जितमा सर्गम गुरुङले आठ अंक योगदान गरे । रुपेश पौडेलको सात अंक सहयोगमा एन्जल्स हार्टले पद्मचक्रलाई २३-१४ ले  हरायो ।

तार्केश्वर नगरपालिकाद्धारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्स हिमरश्मी र ल्यान्डमार्क उपाधिका लागि भिड्ने भएका छन् ।

हिमरश्मीले न्यु एरालाई २०-१५ ले हरायो । हिमरश्मीकी सिर्जना तामाङले आठ स्कोर गरिन् ।

ल्यान्डमार्कले लालीगुराँसलाई २३-१८ ले स्तब्ध बनायो । लालीगुराँसकी मिका केसीले १२ अंक जोडिन् । फाइनल बिहीबार हुनेछ ।

भलिबलः पृथ्वी सेमिफाइनलमा

पृथ्वीनारायण मावि ब्वाइज भलिबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्टस एकेडेमीमा भएको खेलमा पृथ्वीले ल्यान्डमार्कलाई २५-१३, २५-७ को सोझो सेटमा पराजित गर्यो ।

त्यस्तै हिमरश्मीले मानसिंह धर्म माविलाई २५-२२, २५-१९ तथा नेपाल राष्ट्रिय माविले ग्राम सेवा माविलाई २५-११, २५-१७ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

गर्ल्समा एन्जल्स हार्ट, लालीगुराँस, पृथ्वी नारायण र मानसिंहले आ-आफ्नो खेल जित्दै सेमिफाइनल यात्रा तय गरे ।

एथलेटिक्स 

हिमरश्मीका सनम शेर्पा र लालीगुराँसकी अस्मिता भुजेलले  एथलेटिक्सतर्फ ३ हजार मिटर दौडमा बुधबार स्वर्ण पदक जितेका छन् । दुवैले मंगलबार १ हजार ५ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।

ब्वाइजमा सनमले निर्धारित दूरी ९ मिनेट ३८.१ सेकेन्डमा पूरा गरे । मनमैजु माविका तनिश थापा दोश्रो तथा न्यु एराका पेम्बा तमाङ तेश्रो भए ।

गल्र्समा अस्मिताले दूरी तय गर्न ११ मिनेट ५८.४० सेकेन्ड समय खर्चिइन् । ल्यान्डमार्ककी सगुनी देवकोटाले रजत तथा हिमरश्मीकी सिर्जना तामाङले कांस्य पदक जिते ।

गर्ल्स २ सय मिटर दौडमा कौशलकी सुजाश्री विष्टले स्वर्ण, हिमरश्मीकी ममता बरालले रजत र ग्रामसेवाकी लिलि तामाङले कांस्य पदक हात पारे । 

प्रतियोगिताअन्तर्गत बिहीबारदेखि कराते र तेक्वान्दोको प्रतिस्पर्धा सुरु हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।