चैत्र ८, २०८२ आइतबार | ११:३५:१६
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

तार्केश्वर मेयर रनिङ शिल्डः एन्जल्स हार्ट र एलएनए बास्केटबलको फाइनलमा

तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले सिद्धार्थ मोडेललाई २५-१५ ले पराजित गर्यो । एलएनएको जितमा सर्गम गुरुङले आठ अंक योगदान गरे । रुपेश पौडेलको सात अंक सहयोगमा एन्जल्स हार्टले पद्मचक्रलाई २३-१४ ले  हरायो ।

तार्केश्वर नगरपालिकाद्धारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्स हिमरश्मी र ल्यान्डमार्क उपाधिका लागि भिड्ने भएका छन् ।

हिमरश्मीले न्यु एरालाई २०-१५ ले हरायो । हिमरश्मीकी सिर्जना तामाङले आठ स्कोर गरिन् ।

ल्यान्डमार्कले लालीगुराँसलाई २३-१८ ले स्तब्ध बनायो । लालीगुराँसकी मिका केसीले १२ अंक जोडिन् । फाइनल बिहीबार हुनेछ ।

भलिबलः पृथ्वी सेमिफाइनलमा

पृथ्वीनारायण मावि ब्वाइज भलिबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्टस एकेडेमीमा भएको खेलमा पृथ्वीले ल्यान्डमार्कलाई २५-१३, २५-७ को सोझो सेटमा पराजित गर्यो ।

त्यस्तै हिमरश्मीले मानसिंह धर्म माविलाई २५-२२, २५-१९ तथा नेपाल राष्ट्रिय माविले ग्राम सेवा माविलाई २५-११, २५-१७ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

गर्ल्समा एन्जल्स हार्ट, लालीगुराँस, पृथ्वी नारायण र मानसिंहले आ-आफ्नो खेल जित्दै सेमिफाइनल यात्रा तय गरे ।

एथलेटिक्स 

हिमरश्मीका सनम शेर्पा र लालीगुराँसकी अस्मिता भुजेलले  एथलेटिक्सतर्फ ३ हजार मिटर दौडमा बुधबार स्वर्ण पदक जितेका छन् । दुवैले मंगलबार १ हजार ५ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।

ब्वाइजमा सनमले निर्धारित दूरी ९ मिनेट ३८.१ सेकेन्डमा पूरा गरे । मनमैजु माविका तनिश थापा दोश्रो तथा न्यु एराका पेम्बा तमाङ तेश्रो भए ।

गल्र्समा अस्मिताले दूरी तय गर्न ११ मिनेट ५८.४० सेकेन्ड समय खर्चिइन् । ल्यान्डमार्ककी सगुनी देवकोटाले रजत तथा हिमरश्मीकी सिर्जना तामाङले कांस्य पदक जिते ।

गर्ल्स २ सय मिटर दौडमा कौशलकी सुजाश्री विष्टले स्वर्ण, हिमरश्मीकी ममता बरालले रजत र ग्रामसेवाकी लिलि तामाङले कांस्य पदक हात पारे । 

प्रतियोगिताअन्तर्गत बिहीबारदेखि कराते र तेक्वान्दोको प्रतिस्पर्धा सुरु हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो