एनएसएल

उज्वेकिस्तानका मिडफिल्डर कोमिल्जोनले काठमाडौंबाट एनएसएल खेल्ने

काठमाडौं । साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि उज्वेकिस्तानका मिडफिल्डर तोजिदिनोेभ कोमिल्जोनलाई अनुबन्ध गरेको छ ।

काठमाडौंले पाँचौं विदेशी खेलाडीका रूपमा कोमिल्जोनलाई भित्र्याएको हो । यसअघि क्लबले क्यामरुनका रक्षक जुआन ओलिभर सिमो कुन्गुइर, स्टेफन अबेकु अक्वाह तथा विंगर जुनियर अनगुइने र उज्वेकिस्तानकै फरवार्ड महमुदजोजिएभ शोखरुखसँग सम्झौता गरेको थियो ।

कोमिल्जोनले उज्वेकिस्तानको यु-३ टोलीको प्रतिनिधित्व गरिसकेका छन् ।

हिसुब थपलिया मर्की खेलाडी रहेको काठमाडौंले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ ।

मंसिर ९ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसीको सामना गर्नेछ । फाइनल खेल पुष २१ मा हुने तालिका छ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंको टोली

हिसुब थपलिया (मार्की), दीपेश गुरुङ, अन्जन राई, अभिषेक बराल, कुलदीप कार्की, राजिभ लोप्चन, अमित तामाङ, खमिर गिल्सन कान्दङ्वा, प्रशान्त अवस्थी, राजाबाबु थापा, मौसम सुब्बा, जियारथ शेख, महेन्द्र कार्की, सुशील कुमार यादव, रोहन खड्गी, जुआन ओलिभर सिमो कुन्गुइ, स्टेफन अबेकु अक्वाह, जुनियर अनगुइने, महमुदजोजिएभ शोखरुख, तोजिदिनोभ कोमिल्जोन