मानेभञ्याङ गोल्डकप

मानेभञ्याङ गोल्डकपः दलसिंङपाडा क्वार्टरफाइनलमा

मानेभञ्याङ(भारत)। सिङलिङ स्पोर्टिङ क्लब सिक्किमविरुद्ध ४-३ को पुनरागमन जित निकाल्दै दलसिंङपाडा स्पोर्टस एकेडेमी डुवर्स सातौ मानेभञ्याङ गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

पहिलो हाफमा ३-१ ले पछि परेको दलसिंङपाडाले दोश्रो हाफमा उत्कृष्ट पुनरागमनका साथ ३ गोल गरेको थियो ।

आठौं मिनेटमा पोग्बाको गोलमार्फत दलसिंङपाडाले अग्रता लिएको थियो । १९ औं मिनेटमा रोहितले सिङलिङका लागि बराबरी गोल गरे ।

३३ औं मिनेटमा पेमाले गोल गर्दै सिङलिङलाई २-१ कोे अग्रता दिलाए । दुई मिनेटपछि नै किरणले टोलीलाई ३-१ ले अगाडि बढाए ।  

५७ औं मिनेटमा हेमराज तथा ६३ औं मिनेटमा रोशनले गोल गर्दै दलसिंङपाडालाई बराबरीमा ल्याए ।

खेल सकिन २ मिनेट बाँकी रहँदा पोग्बाले व्यक्तिगत दोश्रो गोल गर्दै दलसिंङपाडालाई ४-३ को रोमाञ्चक जित दिलाए ।

दलसिङपाडाले सेमिफाइनल प्रवेशका लागि बिएसके जलपाइगुडीसँग खेल्नेछ । बिएसकेले पानबारी एफसी धरानलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

प्रतियोगिताको चौथो तथा अन्तिम प्रि क्वाटरफाइनल खेलमा बिहीबार जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकाता भिड्नेछन् ।