बर्नार्डो सिल्भा

सिल्भा थप एक वर्ष सिटीमै रहने

काठमाडौं । पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको सम्झौता नवीकरण गरेका छन् ।

सिल्भाले आफ्नो सम्झौता एक वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार सिल्भा सन् २०२६ सम्म इतिहाद रंगशालामै रहनेछन् ।

सिटी र सिल्भाबीचकाे अहिलाेकाे सम्झौता सन् २०२५ सम्म थियाे । सन् २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट सिटी भित्रिएको सिल्भाले २ सय १ प्रिमियर लिग खेलमा ३३ गोल गरे ।

गत सिजन सिटीलाई ट्रेबल जिताउन सिल्भाले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । २८ वर्षीय सिल्भा अनुबन्धका लागि बार्सिलोना, पेरिस सेन्ट जर्मन (पिएसजी),अल हिलाल लगायतका क्लबले चासो देखाएका थिए ।