एएफसी कप छनोट

पहिलो हाफमा मछिन्द्र एक गोलले पछाडी

फाइल तस्बिर

काठमाडौं ।  मछिन्द्र फुटबल क्लब  एएफसी कप छनोट अन्तर्गत  दोस्रो चरणको खेलमा मोहन बगान सुपर जायन्टविरुद्ध पहिलो हाफमा १-० ले पछाडी परेको छ ।

कोलकातास्थित साल्ट लेक रंगशालामा जारी खेलको ३९औं मिनेटमा अन्बर अलीको गोलमार्फत मोहन बगानले अग्रता लिएको हो । अलीले ह्युगो बोउमसको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ ले  हराउँदै इन्डियन सुपर लिग (आइएसएल) टोली मोहन बगानसँगको भेट पक्का गरेको थियो ।