वैशाख २८, २०८२ आइतबार | १२:५७:०९
नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा

रेडियन्टलाई दोहोरो सफलता

१०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलमा सिनियर गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । रेडियन्ट पब्लिक स्कुलले १०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो सफलता हात पारेको छ । रेडियन्ट सिनियर ब्वाइज र गर्ल्स दुवैमा विजयी भएको हो  ।

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजमा रेडिअन्टले राइजिङ स्टारलाई ३५-१२ ले पराजित गरेको थियो ।  रेडियन्टको जितमा रविन्द्र क्षेत्रीले आठ अंक योगदान गरे ।

सिनियर गर्ल्स मा दिब्यान्शा कर्कीको २० अंक सहयोगमा रेडियन्टले पिपुल्स एकेडेमीलाई ३०-११ ले हरायो ।

सिनियर ब्वाइजमा द एक्सेल्सियर स्कुलले एनआईसी एकेडेमीलाई २८-२७, हेम्सले स्वर्णिमलाई २७-२५, ब्राइट होराइजनले एस्फोडेललाई ४६-१८, नेरिक एकेडेमीले एलआरआई ४०-१४ र ग्रिनल्यान्डले काठमाडौं भ्याली, छाउनीलाई ४२-१२ ले स्तब्ध बनाए ।  

एक्सेल्सियरका रुसिप मुनिकारले १५, हेम्सका हेमन्त राजवंशीले १०, ब्राइट होराइजनका ज्योतिष शाहीले १२, नेरिकका सुशल खत्रीले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ स्कोर गरे ।

सिनियर  गर्ल्सका अन्य  खेलमा काष्ठमण्डपले एलआरआइलाई २९-१३, ब्राइट होराइजनले स्वर्णिमलाई १७-११ र न्यु जेनिथले हेम्सलाई २७-१४ ले हराए । काष्ठमण्डपकी रिया राईले १७, ब्राइट होराइजनकी कविता लामाले पाँच र न्यु जेनिथकी राइशा सिंहले १३ अंक जोडे ।

जुनियर ब्वाइजमा श्रृजना ज्ञान सागरले काठमाडौं भ्याली, छाउनीमाथि १२-४ को जित दर्ता गर्यो । विजेताका सन्दिप गुरुङले चार अंक बटुले ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP