इब्राहिम संगारे

संगारे भित्र्याउने दौडमा ठूला क्लब

काठमाडौं । आइभोरी कोस्टका मिडफिल्डर इब्राहिम संगारे भित्र्याउनका लागि युरोका ठूलो क्लबबीच प्रतिस्पर्धा चलिरहेको छ ।

हाल डच क्लब पिएसभी आइन्डहोभनबाट खेलिरहेका संगारेलाई भित्र्याउन लिभरपुल, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) ले चासो देखाइरहेका छन् ।

पिएसभीले संगारेको रिलिज क्लज ३७ मिलियन युरो राखेको छ । सन् २०२१ मा फ्रेन्च क्लब टुलुज एफसी पिएसभी भित्रिएका संगारेले ८७ डच इरेडिभिसी लिग खेलमा ९ गोल गरेका छन् ।

पिएसभीले यसअघि इङ्लिस प्रियमर लिगको क्लब नोटिङ्घम फरेस्टको प्रस्तावलाई अस्विकार गरेको थियो ।