फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः समूह चरणबाटै बाहिरियो आयोजक न्यूजिल्यान्ड

काठमाडौं । आयोजक न्यूजिल्यान्ड फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

फोर्सिथ बार रंगशालामा आइतबार स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएसँगै न्यूजिल्यान्ड बाहिरिएको हो ।

बराबरीसँगै तीन खेलमा चार अंक जोडेको न्यूजिल्यान्ड समूह ‘ए’ को तेस्रो स्थानमा रह्यो । यससँगै न्यूजिल्यान्ड महिला विश्वकपको समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । 

यो समूहबाट  स्विट्जरल्यान्डले पाँच र नर्वेले चार अंक जोड्दै अन्तिम १६ मा स्थान बनाए । नर्वेसँग समान अंक भए पनि न्यूजिल्यान्ड गोल अन्तरमा पछि परेको हो ।

यसअघि नर्वेलाई १-० ले हराएको न्यूजिल्यान्ड फिलिपिन्ससँग १-० को हार ब्यहोरेको थियो । यस्तै फिलिपिन्सलाई २-० ले हराएको स्विट्जरल्यान्डले नर्वेसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतियोगिता अन्तर्गत आइतबार नै सम्पन्न खेलमा मोरोक्कोले दक्षिण कोरियलाई १-० तथा नर्वेले फिलिपिन्सलाई ६-० ले हराएका थिए ।