फिफा महिला विश्वकप

फिफा महिला विश्वकप: बराबरीमा रोकिए फ्रान्स र जमैका

काठमाडौं । फ्रान्सले फिफा महिला विश्वकपमा जमैकासँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै समूह ‘एफ’ का दुवै टोलीले एक अंक बाँडेका छन् ।

अस्ट्रेलियाको सिड्नीस्थित एलियन्ज( सिड्नी) रंगशालामा आइतबार सम्पन्न खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

९०औं मिनेटमा काडिडियाटोउ डियानीको प्रहार बारमा लागेर फर्किदा फ्रान्सले अग्रता लिने अवसर गुमायो ।

इन्जुरी समयमा कप्तान खडिजा शले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि जमैका १० खेलाडीमा सिमित भएको थियो ।

प्रतियोगिता अन्तर्गत आइतबार नै सम्पन्न खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २-१ र नेदरल्यान्ड्सले पोर्चुगललाई १-० ले पराजित गरेका थिए ।