एथलेटिक्स परिवार, नेपाल

एथलेटिक्स परिवार,नेपालको वार्षीक कार्यक्रम सार्वजनिक

काठमाडौं । एथलेटिक्स परिवार,नेपालले बिसं २०८० /८१ का लागि आफ्नो वर्षीक कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यक्रम अनुसार २०८० मंसिरमा गोल्डेन एथलेटिक्स च्याम्पियनसिप, माघमा काठमाडौं सिटी म्याराथनर आठौ झिल्टुङ्ग क्रसकन्ट्री दौड, चैतमा युथ एन्ड भेट्रान च्याम्पियनसिप र वीर गणेशमान सिंह १० के रोड रेस, असोजमा एनआरएन ५ के रोड रेस, फागुनमा धरान १० के रन हुनेछन् ।

 

यी बाहेका यो वर्ष सोलुखुम्बी खुल्ला म्याराथन, अन्तर कलेज राष्ट्रिय सडक दौड लगायतका प्रतियोगिता हुनेछन् । यसैगरी एथलेटिक्स परिवार,नेपालले भारतमा हुने शरल कार्गिल अन्तर्राष्ट्रिय राष्ट्रिय म्याराथनमा पनि भाग लिने बताएको छ । 

एथलेटिक्स परिवार, नेपालले प्रतियोगिता तथा प्रतियोगिताका मितिहरु हेरफेर हुन सक्ने बताएको छ ।