वैशाख २८, २०८२ आइतबार | ११:३२:२३
नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा

स्किब्स कपः निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामन्जुश्री च्याम्पियन

काठमाडौं । निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामन्जुश्री सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितमा निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स, गोल्डेनपिक जुनियर ब्वाइज र महामन्जुश्री स्टाफतर्फ च्याम्पियन बनेका हुन् ।

बसुन्धारास्थित आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले ज्ञान निकेतनलाई १५-१३ ले पराजित गरेको हो ।  

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले साबिक विजेता निम्सलाई ८-७ को साँघुरो अन्तरले हरायो ।

जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले ज्ञान निकेतनलाई १२-७ ले हरायो । स्टाफको फाइनलमा साविक विजेता महामन्जुश्रीले आयोजक स्किब्सलाई २१-१५ ले पन्छ्याउदै उपाधि रक्षा गार्यो । उपाधिसँगै महामन्जुश्रीले १० हजार नगद पुरस्कार हात पार्यो  ।

सिनियर ब्वाइजमा निम्सका दीपसागर सेती महर, सिनियर गर्ल्समा भ्याली पब्लिककी एन्जल गुप्ता, जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ छिरिङ शेर्पा र स्टाफमा महामन्जुश्री शैलेस श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई प्रदेश सांसद् उद्धव थापा,  टोखा नगरपालिका शिक्षा अधिकारी खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी र समाजसेवी नवीन खड्काले  पुरस्कृत गरे । 

दुई दिने प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २४, जुनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ  समान १६ तथा स्टाफतर्फ आठ गरी ६४ टोली सहभागी थिए ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP