बार्सिलोना

यामल र बाल्डेले गरे सम्झौता नवीकरण

काठमाडौं । युवा खेलाडी लामिन यामल र अलेजान्द्रो बाल्डेले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन्।

१६ वर्षीय फरवार्ड यामलले तीन र १९ वर्षीय रक्षक बाल्डेले पाँच वर्ष आफ्नो सम्झौता लम्बाएका हुन् ।  सम्झौता नवीकरणसँगै यामल सन् २०२६ र बाल्डे २०२८ सम्म क्याप नोउमै रहने छन् ।

बार्सिलोन एकेडेमीकै उत्पादन यामलले बार्सिलोनका लागि एक मात्र ला लिग खेल खेलेका छन् । उनले गत सिजन सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

सन् २०११ मा स्पान्योलको थुवा टोलीबाट बार्सिलोनको एकेडेमीमा भित्रिएका बाल्डेले सन् २०२१ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । उनले बार्सिलोनका लागि ३८ ला लिगा खेल खेल्दा एक गोल पनि गरेका छन् ।