‘थ्री बाइ थ्री’बास्केटबल

मनास्लु च्याम्पियन

काठमाडौं । आयोजक मनास्लु वर्ल्ड कलेजले तेश्रो मनास्लु एसइइ कप ‘थ्री बाइ थ्री’बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१-१४ ले पराजित गरेको हो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे ।

सेमिफाइनलमा मनास्लुले आइएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हाउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

उपाधिसँगै मनास्लुले १५ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता युजेएले सात हजार रुपैयाँ पायो । विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् ।

मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तुसारले पनि छात्रवृत्ति प्रदान गरिने छ ।

विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एक दिने  प्रतियोगितामा १६ छात्र टाेलीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले बताएका छन् ।