फुलहम

विलियन थप एक वर्ष फुलहममै रहने

काठमाडौं । ब्राजिलियन विंगर विलियनले इङ्लिस प्रिमियर लिगको क्लब फुलहमसँगको सम्झौता नवीकरण गरेका छन् ।

विलियनले फुलहमसँगको सम्झौता १ वर्ष लम्बाएका हुन् ।  नयाँ सम्झौतासँगै विलियन सन् २०२४ सम्म क्लबमै रहने छन् । उनीसँग आफ्नो सम्झौता अर्को १ वर्ष बढाउने विकल्प पनि रहनेछ ।

फुलहमसँगको सम्झौता सकिएपछि विलियन अर्को इङ्लिस क्लब नटिङ्घम फरेस्ट जाने चर्चा चलेको थियो ।

फुलहमसँग थप १ वर्षको सम्झौता गर्दा खुसी छु । गत सिजनकै टिममेट र क्लबसँग काम जारी राख्न पाउँदा खुसी छु, विलियनले भने,‘मलाई लाग्छ यो त्यस्तो क्लब हो जसले यस सिजन अझै राम्रो गर्न सक्छ, त्यसैले म यो यात्राका लागि उत्साहित छु ।’

सन् २०२२ मा ब्राजिलियन क्लब कोरिन्थीयन्सबाट फुलहम भित्रिएिका विलियनले २७ प्रिमियर लिग खेलमा ५ गोल गरेका छन् ।  साथै उनले ६ गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।