चैत्र १३, २०८२ शुक्रबार | ०३:४६:५७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मानबहादुर भलिबल टोलीको नयाँ कप्तान

तस्बिरः मानबहादुर श्रेष्ठको फेसबुकबाट

काठमाडौं । नेपाल भलिबल संघले स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको नयाँ कप्तान चयन गरेको छ । ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले कप्तानको जिम्मेवारी मानबहादुरलाई दिने निर्णय गरेको हो ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीको हिस्सा रहँदै आएका छन् । सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा छन् ।

मानबहादुरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गरेका थिए । यसैगरी मानबादुरले आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

भर्खरै सम्पन्न सातौं प्रधानमन्त्री कप एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशान भंग गरेको आरोपमा संघले हरिहजुर थापालाई कप्तानबाट हटाउने निर्णय गरेको थियो । 

नेपालले मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ । मानबहादुर नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका ११औं कप्तान हुन् ।

यसअघिको कप्तानहरु

ऋषिराज आचार्य, दीपक सापकोटा, महेन्द्रलाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत शाह,कैलाश दत्त भट्ट, इमबहादुर राना, हरिहजुर थापा

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो