बार्सिलोना

बार्सिलोनामा आफुलाई प्रमाणित गर्न बाँकी छः गुन्डोगन

काठमाडौं । यसै सिजन स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका जर्मन इल्के गुन्डोगनले आफूले अझै प्रमाणित गर्न बाँकी रहेको बताएका छन् ।

३२ वर्षीय गुन्डोगनले गत सिजन इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई ट्रेबल उपाधि जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । सिटीको कप्तानी गरेका गन्डोगनले गत सिजन ५१ खेलमा ११ गोल गोरे ।

फ्रि-ट्रान्सफरमार्फत बार्सिलोना भित्रिएका गुन्डोगनले क्लबसँग २ वर्षको सम्झौता गरेका छन् ।

‘उमेर ढल्किँदै गए पनिनयाँ चुनौतीका लागि तयार छु र मैले आफूलाई प्रमाणित गर्नुपर्ने धेरै कुरा छन्,’ गुन्डोगानले भने ।

बार्सिलोनाले सोमबार गुन्डोगनलाई सार्वजनिक गरेको थियो । अब उनले जाभीको प्रशिक्षणमा खेल्नेछन् ।

‘बार्सिलोनाकाे खेल्ने शैली पनि सिटीकै जस्ताे छ,’ गुन्डोगनले भने,‘ग्वार्डिओला र जाभी उस्तै छन् । जाभीसँग पहिलो पटक कुरा गर्दा नै प्रभावित भएको थिए । जब मैले उनीसँग कुरा गरे बार्सिलोना सही दिशामा छ भन्ने बुझें ।’

गुन्डोगनले फरक देश र र लिग खेल्न पाउनु राम्रो अवसर भन्दै च्याम्पियन्स लिग उपाधिका लागि प्रतिस्पर्धा गर्ने पनि बताए ।