चैत्र १४, २०८२ शनिबार | ०२:१९:२६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एनआइसी, पशुपति, एसइइ र विनायकको जित

काठमाडौं । एनआइसी, पशुपति ‘बी’ एसइइ ग्रुप र विनायक ‘ए’ ले दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा एनआइसीले मनास्लुलाई ३-१ ले पराजित गर्यो । एनआइसीलाई जित दिलाउन गौरव खड्का, अनिश जोशी र प्रदेश पाण्डेले गोल गरे । मनास्लुका पवन राईले गोल फर्काए ।

यसैगरी पशुपति ‘बी’ ले क्लिन्टनलाई ४-१ले हरायो । पशुपति लागि प्रज्ज्वल तामाङले ह्याट्रिक गरे भने ब्राजिल राउतले १ गोल थपे । क्लिन्टनका प्रज्ज्वल भट्टराईले १ गोल फर्काए ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको खेलमा  एसइइ ग्रुपले बोर्न स्काइलार्कलाई ३-० ले निरास बनायो । एसइइलाई जित दिलाउन आदित्य शाक्यले ह्याट्रिक गरे ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको खेलमा विनायक ‘ए’ ले हिलारीलाई २-० ले हरायो । विजेताका कृष्ण थापा मगर र सुशिल बसेलले गोल गरे ।

विजयी चारै टोली क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

चावहिल स्पोर्टस क्लबको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको उद्घाटन आयोजक वडा ७ अध्यक्ष विमलकुमार होडाले गरे ।

१६ टोली सहभागी प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडी, गोकिपर, रक्षक र स्ट्राइकरलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको फाइनल जेठ ३२ गते हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो