काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ बुटबलको एभरेस्ट भलिबल क्लब शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा उत्रदै गर्दा लगातार उपाधि जित्ने योजनामा हुनेछ ।
नेपाली महिला भलिबलमा नयाँ महारथीको रुपमा उदाएको एभरेस्टले उपाधिका लागि बिभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ ।
नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गरेको प्रतियोगितामा एभरेस्ट अपराजित रहँदै फाइनल पुग्यो । उसले लिग चरणको पाँचै खेल जित्यो । १४ अंक जोड्दा १४ सेट जित्यो भने तीन सेटमा पराजित भएको छ । टोलीले ४५४ अंक जोड्दा ३२७ अंक गुमाउँदै शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा ४ जित र १ हारसहित ११ अंक जोडेको पुलिस रह्यो । पुलिस एभरेस्टसँग ३-१ को सेटमा पराजित भएको थियो । पुलिसले १३ सेट जित्दा ६ सेट गुमायो । त्यसमध्ये ४४९ अंक जोड्दा ३८६ अंक विपक्षीलाई सुम्पियो ।
यसपटक एभरेस्टले पाँच खेल जित्दा सुर्या र अनुश्री समान दुई पटक प्लेयर अफ दि म्याच बनेका छन् । अरुणा एक पटक प्लेयर अफ दि म्याच भइन् । यो तथ्यले पनि एभरेस्टमा तीन खेलाडीको प्रदर्शन र भूमिका प्रष्ट पार्छ ।
९ अंक जोडेको अर्काे विभागीय टोली एपिएफ, ५ अंकको न्युडायमन्ड स्पोर्टस क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी तथा अंकको जोड्न नसकेको कर्णाली प्रदेश भने उपाधिबाट टाढा रहे । अब, तेस्रो स्थानको लागि एपिएफ र न्यु डायमन्डबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको लागि बुटबलको स्कुलले भारतीय राष्ट्रिय महिला टोलीका तीन खेलाडी तथा नेपाल राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीलाई अनुबन्ध गरेको थियो । तीनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि पाँचौं संस्करणबाट प्रतियोगितामा जोडिएको एभरेस्ट लगातार उपाधि नजिक पुगेको हो ।
गत चैत १० गते भएको आठौं महिला तथा पुरुष च्याम्पियनसिपको फाइनलमा एभरेस्टले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै ऐतिहासिक उपाधि जितेको थियो । फाइलनमा पहिलो सेट एभरेष्टले २५-९१ ले जितेको थियो । दोस्रो सेटमा पुलिसले कमब्याक गर्दै २५–२२ को जित निकालेको थियो । त्यसपछिका दूई सेटमा पुलिसले २५-१८, २५-१९ को जित निकाल्दै पहिलो पटक भलिबल संघको आयोजना गर्ने प्रतियोगिता जितेको थियो ।
भलिबल एतिहासमा पहिलो पटक उपाधि जित्दा एभरेस्टले भारतकी केपी अनुश्री र सौम्यालाई अनुबन्ध गरेको थियो । यस पटक जिन्सी जोन्सन उपलब्ध भइनन् । अरुणासहित यसपटक मिना सुनार, यमकली कुँवरले राम्रो प्रदर्शन गरिरहेका छन् ।
एभरेस्टले पहिलो खेलमा कर्णाली प्रदेश, दोस्रो खेलमा आर्मी, तेस्रो खेलमा न्यु डायमन्डलाई सोझो सेटमा पराजित गरेको थियो । चौथो खेलमा एपिएफविरुद्ध पुनरागमन ३-२ तथा पुलिसविरुद्ध ३-१ को सेटमा जित निकालेको हो ।
यसपटक एभरेस्टले पाँच खेल जित्दा सुर्या र अनुश्री समान २ पटक प्लेयर अफ दि म्याच बनेका छन् । अरुणा १ पटक प्लेयर अफ दि म्याच भइन् । यो तथ्यले पनि एभरेस्टमा तीन खेलाडीको प्रदर्शन र भूमिका प्रष्ट पार्छ । प्रशिक्षक अर्जुन घिमिरले लगातार उपाधि जित्न शनिबार पुलिसविरुद्ध खेल्ने बताउँछन् ।
शुक्रबार खराब प्रदर्शन गर्दै ३-१ को सेटमा पराजित पुलिस फाइनलमा भने बदला लिने योजनामा छ । स्पाइकर उषा भण्डारीको लक्ष्य पनि यही छ ।
उषासँगै पुलिसमा राष्ट्रिय टोलीबाट खेलिरहेका पुनम चन्द, लिबेरो शान्तिकला तामाङ, लक्ष्मी चन्द छन् । यस्तै, मनिषा चौधरी, कोपिला राना, कमला पुनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए पुलिस एभरेस्टविरुद्ध लगातार दुई हार बेहोरेको बदला लिन सक्छ ।
एभरेस्टले पहिलो खेलमा कर्णाली प्रदेश, दोस्रो खेलमा आर्मी, तेस्रो खेलमा न्यु डायमन्डलाई सोझो सेटमा पराजित गरेको थियो । चौथो खेलमा एपिएफविरुद्ध पुनरागमन ३-२ तथा पुलिसविरुद्ध ३-१ को सेटमा जित निकालेको हो ।
यता, पुलिसले पहिलो खेलमा आर्मीलाई ३-२ सेट, दोस्रो खेलमा न्यु डायमन्डलाई ३-१, तेस्रो खेलमा एपिएफ र चौथो खेलमा कर्णालीलाई सोझो सेटमा पराजित गरेको थियो । पाँचौ खेलमा अपराजित यात्रा टुंगिँदा एभरेस्टसँग ३-१ ले पराजित भयो ।