चैत्र १८, २०८२ बुधबार | ११:००:०३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

उषा र मुबासर सर्वोकृष्ट

उषा भण्डारी

काठमाडौं । च्याम्पियन नेपाल पुलिस क्लबकी उषा भण्डारी र हेल्प नेपाल स्पोर्टस क्लबका मुबासर राजा वाटो आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

उषा महिलातर्फ र पाकिस्तानका मुबासर पुरुषतर्फ सर्वोकृष्ट चुनिए । दुवैले आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

सर्वोत्कृष्ट दुवैले समान ५० हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र पाए ।

यसैगरी महिलातर्फ विधागत उत्कृष्टमा एभरेस्टकी केपी अनुश्री स्पाइकर, पुलसकी कमला पुन सेटर, एपिएफकी निरुता ठगुन्ना सर्भर, एभरेस्टकी सूर्या ब्लकर, पुलिसकी शान्तिकला तामाङ लिबेरो र पुलिसकै रुपेशकुमार विष्ट प्रशिक्षक चुनिए ।

मुबासर 

पुरुषतर्फ उत्कृष्टमा गण्डकीका सन्तोष स्पाइकर, हेल्प नेपालका अदनान सेटर, गण्डकीका रमन कुमार सर्भर, पुलिसका सफल विक ब्लकर, हेल्प नेपालका टोपबहादुर थापा (दीपक) लिबेरो र हेल्प नेपालकै उत्सव खड्का प्रशिक्षक घोषित भए ।

दुवैतर्फको विधागत उत्कृष्टले जनही २० हजार रुपैयाँसँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

पुरुषतर्फ हेल्प नेपालले गण्डकी प्रदेशलाई ३ १ तथा महिलातर्फ पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३ २ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो