चैत्र १३, २०८२ शुक्रबार | ०९:५३:१६
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

सप्तरी प्रिमियर लिगः तिरहट टाइगर्स च्याम्पियन

सप्तरी । तिरहट टाइगर्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करणमा च्याम्पियन बनेको छ । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहटले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्यो।

तिरहटले प्रस्तुत गरेको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्स १४ ओभरमा ६० रनमै समेटियो ।

छिन्नमस्ताको लागि विशाल पटेलले  १४, मायन यादवले १३ तथा फिर्दोश अन्सारीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

तिरहटका लागि दिपेश कंडेलले ४ ओभरमा २५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यसैगरी कप्तान अनिल यादवले ३ , बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको तिरहट टाइगर्सले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो।

तिरहटको लागि भोलाकुमार साहले २९, बसिर अहमदले १८ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

छिन्नमस्ताका लागि विशाल पटेल, फिर्दोश अन्सारी, गुनानन्द रोय र सुमित नेवारले समान २ विकेट लिए।

उपाधिसहित तिरहट टाइगर्सले ३ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ पायो।

तिरहटका बसिर अहमद प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले ६ खेलमा १९८ रन बनाउनुको साथै १० विकेट लिए ।

७ खेलमा १५ विकेट लिँदै छिन्नमस्ताका विशाल पटेल उत्कृष्ट बलर तथा ७ खेलमा २९७ बनाउँदै कन्चनरुप राइनोजका शुभ कंसकार उत्कृष्ट ब्याटर बने ।

यसैगरी छिन्नमस्ताका मोहम्मद सोहेल उदियमान खेलाडी चुनिए । उनले ७ खेलमा १२ विकेट लिए। सर्वोकृष्ट खेलाडीले २५ हजार उत्कृष्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गरे।

विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंह, राजविराज नगरपलिकाका प्रवक्ता जय नारायण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्दचौधरी, तिरहट गाउँपालिकाका अध्यक्ष विजय यादव, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक र सप्तरी क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

सप्तरी क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका थिए ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो