माघ ३, २०८२ शनिबार | ०६:४७:३९
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

सप्तरी प्रिमियर लिगः तिरहट टाइगर्स च्याम्पियन

सप्तरी । तिरहट टाइगर्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करणमा च्याम्पियन बनेको छ । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहटले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्यो।

तिरहटले प्रस्तुत गरेको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्स १४ ओभरमा ६० रनमै समेटियो ।

छिन्नमस्ताको लागि विशाल पटेलले  १४, मायन यादवले १३ तथा फिर्दोश अन्सारीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

तिरहटका लागि दिपेश कंडेलले ४ ओभरमा २५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यसैगरी कप्तान अनिल यादवले ३ , बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको तिरहट टाइगर्सले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो।

तिरहटको लागि भोलाकुमार साहले २९, बसिर अहमदले १८ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

छिन्नमस्ताका लागि विशाल पटेल, फिर्दोश अन्सारी, गुनानन्द रोय र सुमित नेवारले समान २ विकेट लिए।

उपाधिसहित तिरहट टाइगर्सले ३ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ पायो।

तिरहटका बसिर अहमद प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले ६ खेलमा १९८ रन बनाउनुको साथै १० विकेट लिए ।

७ खेलमा १५ विकेट लिँदै छिन्नमस्ताका विशाल पटेल उत्कृष्ट बलर तथा ७ खेलमा २९७ बनाउँदै कन्चनरुप राइनोजका शुभ कंसकार उत्कृष्ट ब्याटर बने ।

यसैगरी छिन्नमस्ताका मोहम्मद सोहेल उदियमान खेलाडी चुनिए । उनले ७ खेलमा १२ विकेट लिए। सर्वोकृष्ट खेलाडीले २५ हजार उत्कृष्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गरे।

विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंह, राजविराज नगरपलिकाका प्रवक्ता जय नारायण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्दचौधरी, तिरहट गाउँपालिकाका अध्यक्ष विजय यादव, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक र सप्तरी क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

सप्तरी क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका थिए ।  
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate