चैत्र १८, २०८२ बुधबार | १५:५४:००
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

ग्यालेक्सी, मदरल्यान्ड, दर्पन र मोर्डन एराको विजयी सुरुआत

विराटनगर ।  प्याब्सन विराट कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा सोमबार ग्यालेक्सी, मदरल्यान्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुलले विजय सुरुआत गरेका छन्  ।

विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १-० ले पराजित गर्यो । एमडी मासुमले गरेको एक मात्र गोल ग्यालेक्सीलाई जित दिलाउन पर्याप्त बन्यो ।

त्यसैगरी दोस्रो खेलमा मदरल्यान्ड एकाडेमीले २-१ ले हरायो । मदरल्यान्डको जितमा दुवै गोल खेमराज हमालले गोल गरे ।

तेस्रो खेलमा दर्पनले विराट शिक्षा स्कुललाई २-१ ले पराजित गर्यो । दर्पनलाइृ जित दिलाउन सुवास राजवंशी र आशन थापा मगरले गोल गरे । विराट शिक्षाका लागि  रन्जित दनवारले गोल फर्काए ।

चौथो खेलमा मोर्डन एरा स्कुलले बिकेभिएम स्कुललाई पेनाल्टी सुटआउटमा २-१ ले निरास बनायो । पेनाल्टी सुटआउठमा  मोर्डन एराका अमन माझी र सुशान्त रोइलाले गोल गरे । बिकेभिएमका लागि  डेनिस लामिछानेले मात्र गोल गर्न सके ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

प्याब्सन विराटनगरको आयोजनामा जारी प्रतियोगितामा मंगलबार गौतम बुद्ध मेमोरियल स्कुल र सप्तकोशी स्कुल, विनायक बोर्डिङ स्कुल र गोदावरी स्कुल तथा सेन्ट जोसेफ र देवकोटा स्कुल प्रतिस्पर्धा गर्नेछन् ।

असार ५ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका २२ विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले ११ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो