माघ १८, २०८२ आइतबार | २३:२५:३७
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

ग्यालेक्सी, मदरल्यान्ड, दर्पन र मोर्डन एराको विजयी सुरुआत

विराटनगर ।  प्याब्सन विराट कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा सोमबार ग्यालेक्सी, मदरल्यान्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुलले विजय सुरुआत गरेका छन्  ।

विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १-० ले पराजित गर्यो । एमडी मासुमले गरेको एक मात्र गोल ग्यालेक्सीलाई जित दिलाउन पर्याप्त बन्यो ।

त्यसैगरी दोस्रो खेलमा मदरल्यान्ड एकाडेमीले २-१ ले हरायो । मदरल्यान्डको जितमा दुवै गोल खेमराज हमालले गोल गरे ।

तेस्रो खेलमा दर्पनले विराट शिक्षा स्कुललाई २-१ ले पराजित गर्यो । दर्पनलाइृ जित दिलाउन सुवास राजवंशी र आशन थापा मगरले गोल गरे । विराट शिक्षाका लागि  रन्जित दनवारले गोल फर्काए ।

चौथो खेलमा मोर्डन एरा स्कुलले बिकेभिएम स्कुललाई पेनाल्टी सुटआउटमा २-१ ले निरास बनायो । पेनाल्टी सुटआउठमा  मोर्डन एराका अमन माझी र सुशान्त रोइलाले गोल गरे । बिकेभिएमका लागि  डेनिस लामिछानेले मात्र गोल गर्न सके ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

प्याब्सन विराटनगरको आयोजनामा जारी प्रतियोगितामा मंगलबार गौतम बुद्ध मेमोरियल स्कुल र सप्तकोशी स्कुल, विनायक बोर्डिङ स्कुल र गोदावरी स्कुल तथा सेन्ट जोसेफ र देवकोटा स्कुल प्रतिस्पर्धा गर्नेछन् ।

असार ५ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका २२ विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले ११ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।