माघ ३, २०८२ शनिबार | २२:१४:२१
प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो

गण्डकी प्रदेशस्तरीय फुटबल: कास्की च्याम्पियन

पोखरा । कास्की जिल्ला गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा कास्कीले तनहुँलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो ।

उपाधिसँगै कास्कीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता तनहुँले १ लाख रुपैयाँ पायो ।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।  

कास्कीका लागि सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयुष्मान गुरुङले गोल गर्दा राजकुमार कुँवरको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार पोस्टमा लाग्दै बाहिररियो । यसैगरी सजिन थापाको प्रहारलाई कास्कीका गोलकिपर आकाश रानाभाटले बचाउ गरे ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै तनहुँका शन्तबहादुर गुरुङले १० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट रक्षक, तनहुँका लक्षु थापा उदीयमान खेलाडी, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र कास्कीका सन्तोष केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।

विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँप्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा सम्पन्न प्रतियोगिताका विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषद्का कार्यकारी सदस्य दिल हादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate