चैत्र ६, २०८२ शुक्रबार | ०१:३६:५६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

गण्डकी प्रदेशस्तरीय फुटबल: कास्की च्याम्पियन

पोखरा । कास्की जिल्ला गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा कास्कीले तनहुँलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो ।

उपाधिसँगै कास्कीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता तनहुँले १ लाख रुपैयाँ पायो ।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।  

कास्कीका लागि सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयुष्मान गुरुङले गोल गर्दा राजकुमार कुँवरको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार पोस्टमा लाग्दै बाहिररियो । यसैगरी सजिन थापाको प्रहारलाई कास्कीका गोलकिपर आकाश रानाभाटले बचाउ गरे ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै तनहुँका शन्तबहादुर गुरुङले १० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट रक्षक, तनहुँका लक्षु थापा उदीयमान खेलाडी, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र कास्कीका सन्तोष केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।

विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँप्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा सम्पन्न प्रतियोगिताका विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषद्का कार्यकारी सदस्य दिल हादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो