चैत्र १५, २०८२ आइतबार | २३:०३:१६
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

सामाजिकको रोमाञ्चक जित

तस्विरः एन्फा

काठमाडौं । सामाजिक युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा सोमबार गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्याल मैदानमा सामाजिकलाई जित दिलाउन बसन्तबहादुर राना र विजय दोङले गोल गरे । गोलबजारका लागि रिवाज बस्नेतले गोल फर्काए ।

जितसँगै १३ खेलमा २२ अंक जोडेको सामाजिक तेस्रो स्थानमा उक्लिएको छ । पराजित गोलबजारले समान खेलबाट सात अंकका साथ पुछारमा रहेर सिजनको अन्त्य गरेको छ ।

खेलको ३१औं मिनेटमा बसन्तको गोलमार्फत सामाजिकले अग्रता लियो । उनले सुदर्शन श्रेष्ठको पासलाई सदुपयोग गरे ।

तस्विरः एन्फा

पहिलो हाफको निर्धारित समय सकिन २ मिनेट बाँकी छँदा विजयले टोलीको अग्रता दोब्बर बनाए । उनले युगेश श्रेष्ठको पासलाई पोस्टको दिशा दिए ।

रिजावले ६२औं मिनेटमा गोल गर्दै गोलबजारलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले विनु आलेमगरले उपलब्ध गराएको बललाई जाली चुमाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सामाजिकले जितका साथ सिजनको अन्त्य गर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो