माघ १६, २०८२ शुक्रबार | ०५:३९:३१
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

खेलकुद मन्त्री श्रेष्ठले गरे खेल पुर्वाधारको निरिक्षण

सुर्खेत ।  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सोमबार कर्णालीको सुर्खेतमा १०औं राष्ट्रिय खेलकुदका लागि निर्माणाधीन  खेल पूर्वाधारको निरीक्षण गरेका छन।

मन्त्री श्रेष्ठले उद्घाटन र समापन हुने कर्णाली रंगशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्डमिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा जानकारी लिए।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वमित्र सञ्जायलले पुर्वाधारको अवस्थाको बारेमा विस्तृत रूपमा जानकारी गराए।

सञ्जायलले कर्णाली रंगशालाको ८० प्रतिशत काम सम्पन्न भैसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सम्पन्न हुने जानकारी गराए। बनिरहेका अन्य संरचनाहरू पनि समयमा नै बनिसक्ने सञ्जालले बताए।

 १०औं राष्ट्रिय खेलकुदका लागि कर्णाली रंगलशाला लगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, ह्यान्डबल, स्कावास कोर्ट, पौडी पोखरी लगायत करिब १ दर्जन नयाँ संरचना निर्माण भैरहेको छ।

निरीक्षण पश्चात मन्त्री श्रेष्ठले १०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुने बताए। यसका लागि सबैलाई जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरे। विशेषगरी आवास नै प्रमुख चुनौती हुन सक्ने भन्दै यसमा योजना बनाएर नै काम गर्नुपर्नेमा जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि बढाइसकेको पनि जिकिर गरे।  

सोही अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले संभावित खेल हुने स्थानको बारेमा पनी जानकारी गराएको छ।  विभिन्न नौ जिल्लामा ३० खेल खेलाउन तयार रहेको र ६ खेल खेलाउन नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जानकारी गराएको छ।

निर्माणाधीन कर्णाली रंगशाला

 १०औं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये लन टेनिस, सुटिङ, जिम्नास्टीक, सफ्ट टेनिस, ट्रायथलन र गल्फको कुनै पनि पुर्वाधार नभएकोले यी खेल कर्णालीमा हुन नसक्ने परिषद्ले जानकारी गराएको छ।

निरीक्षण पश्चात मन्त्री श्रेष्ठले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, नगर प्रमुख मोहनमाया ढकाल, सुर्खेत उद्योग वाणिज्य संघसँग  छलफल गरेका छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।