चैत्र ६, २०८२ शुक्रबार | ०१:१६:११
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

खेलकुद मन्त्री श्रेष्ठले गरे खेल पुर्वाधारको निरिक्षण

सुर्खेत ।  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सोमबार कर्णालीको सुर्खेतमा १०औं राष्ट्रिय खेलकुदका लागि निर्माणाधीन  खेल पूर्वाधारको निरीक्षण गरेका छन।

मन्त्री श्रेष्ठले उद्घाटन र समापन हुने कर्णाली रंगशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्डमिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा जानकारी लिए।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वमित्र सञ्जायलले पुर्वाधारको अवस्थाको बारेमा विस्तृत रूपमा जानकारी गराए।

सञ्जायलले कर्णाली रंगशालाको ८० प्रतिशत काम सम्पन्न भैसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सम्पन्न हुने जानकारी गराए। बनिरहेका अन्य संरचनाहरू पनि समयमा नै बनिसक्ने सञ्जालले बताए।

 १०औं राष्ट्रिय खेलकुदका लागि कर्णाली रंगलशाला लगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, ह्यान्डबल, स्कावास कोर्ट, पौडी पोखरी लगायत करिब १ दर्जन नयाँ संरचना निर्माण भैरहेको छ।

निरीक्षण पश्चात मन्त्री श्रेष्ठले १०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुने बताए। यसका लागि सबैलाई जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरे। विशेषगरी आवास नै प्रमुख चुनौती हुन सक्ने भन्दै यसमा योजना बनाएर नै काम गर्नुपर्नेमा जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि बढाइसकेको पनि जिकिर गरे।  

सोही अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले संभावित खेल हुने स्थानको बारेमा पनी जानकारी गराएको छ।  विभिन्न नौ जिल्लामा ३० खेल खेलाउन तयार रहेको र ६ खेल खेलाउन नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जानकारी गराएको छ।

निर्माणाधीन कर्णाली रंगशाला

 १०औं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये लन टेनिस, सुटिङ, जिम्नास्टीक, सफ्ट टेनिस, ट्रायथलन र गल्फको कुनै पनि पुर्वाधार नभएकोले यी खेल कर्णालीमा हुन नसक्ने परिषद्ले जानकारी गराएको छ।

निरीक्षण पश्चात मन्त्री श्रेष्ठले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, नगर प्रमुख मोहनमाया ढकाल, सुर्खेत उद्योग वाणिज्य संघसँग  छलफल गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो