चैत्र १७, २०८२ मंगलबार | १२:०५:५८
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

क्यानकै सदस्यले क्रिकेटको बदनाम गर्न खोजिरहेको पारसको आरोप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संस्थाभित्रकै सदस्यहले क्रिकेटको बदनाम गर्न खोजिरहेको बताउँदै त्यसविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी  दिएका छन्।

सचिव खड्काले सोमबार सामाजिक सञ्जालमार्फ पछिल्लो ९ महिना यता आफ्नो नेतृत्वमा संस्था सही मार्गमा अघि बढिरहेको बताएका छन्। तर, संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिले आफू र संस्थाविरुद्ध भ्रम छर्दै क्रिकेटको बदनाम गर्न खोजिरहेको उनले आरोप लगाएका छन्।

‘कयौं चुनौती र कठिनाइलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्त्वपूर्ण छ। तर पनि संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यले हरसम्भव प्रयास गरिरहनुभएको कार्य दुःखद छ।’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

यसैगरी पारसले नेपाललाई क्रिकेटिङ राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने सबैको सपनालाई साकार पार्न लागिपरेको बताएका छन्।

पारसले यस्ता भ्रमकोपछि नलागी आइसिसी-२०विश्वकप खेलिरहेको नेपाली टोलीलाई समर्थन गरी हौसला बढाउन आग्रह पनि गरेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो