काठमाडौं । ६ असोजबाट सुरु हुने १९औं एसियाली खेलकुदको तयारी स्वरुप नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अगामी जुलाई १३ र १६ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।
प्रारम्भिक ३० सदस्यीय टोलीबाट ७ खेलाडीलाई हटाउँदै प्रशिक्षक थापाले अन्तिम टोलीको घोषणा गरेका हुन् । जसमा तीन खेलाडीले राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।
चोटका कारण पछिल्लो केही समय टोलीबाट बाहिर रहेका गीता राना र युवा खेलाडी प्रीति राई टोलीमा फिर्किएका हुन् । त्यस्तै अञ्चली वाइबा पछिल्लो केही वर्ष राष्ट्रिय टोली बाहिर नै रहँदै आएकी थिइन् ।
टोलीको व्यवस्थापकमा बिन्द्रा देवान र सहायक प्रशिक्षकमा पारस चौधरी छन् । त्यस्ते गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी सुरजकुमार लामाले सम्हाल्ने छन् ।
नेपाली टाेली
गाेलकिपरः एन्जिला तुम्बाप्पाे सुब्बा, अन्जना राना मगर, उषा नाथ
रक्षकः अमृता जैसी, गिता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, अञ्चली वाइबा , समिक्षा घिमिरे
मिडफिल्डरः रेनुका नगरकाेटे, सरु लिम्बु, विमला चाैधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही
फरवार्डः सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल