एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

एभरेस्ट क्लबको टाेली घोषणा

सांकेतिक तस्बिर

काठमाठौं । एभरेस्ट भलिबल क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

एभरेस्टले शान्ता सुनारको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।

एभरेस्टले असार २४ मा नेपाल क्लब खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

एभरेस्टको टोली
शान्ता सुनार (कप्तान), निशा चौधरी, मिना सुनार, आरती चौधरी, सपना डाँगी, अनुशा चौधरी, मोनिका विष्ट, रिचा थापा, सोनिया सुनार, रुचि थापा, प्रतिभा चौधरी, अस्मिता थापा

अफिसियलः अर्जुन घिमिरे (मुख्य प्रशिक्षक), रमेश कार्की (सहायक प्रशिक्षक), सुनिता गौतम (व्यवस्थापक)