एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

गण्डकीको कप्तानी अरुणा र खोमले गर्ने

फाइल फोटो

काठमाडौं । गण्डकी प्रदेशले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

गण्डकीले महिला तथा पुरुष दुवैतर्फको टोली घोषणा गरेको हो । पुरुष टोलीको खोमप्रसाद पाण्डे र महिला टोलीको कप्तानी अरुणा शाहीले  गर्नेछन् ।

गण्डकीको महिला तथा पुरुष टोलीले आसर २३ मा पुलिससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछन् ।

पुरुष टोली
खोमप्रसाद पाण्डे(कप्तान), राजन दलार्मी मगर, सजन चोखाल, विवस आले मगर, दिपक मल्ल ठकूरी, हिमाल सुनारी, इन्द्रबहादुर विक, रवि केसी, घनश्याम चौधरी, कन्चन नविन मन्जुनाथ, कुमार थरुन ग्वाडा, जोसे इविन

अफिसियलः रमेश केसी(मुख्य प्रशिक्षक) जीवन भण्डारी (सहायक प्रशिक्षक),कुन्जन शाही (व्यवस्थापक)


महिला टोली 
अरुणा शाही(कप्तान), पवित्रा सिर्पाली, मनिषा तिलिजा, रेबिना घर्ती मगर, हिरा बुढा, सस्मिता पुन, सजिना बुढाथोकी, सोइङ थापा, लक्ष्मी राना, एलिशा रोका मगर, रोमा महतो, पुजा सेन ठकुरी

अफिसियलः मलिन रोका (मुख्य प्रशिक्षक),किरण गुरै (सहायक प्रशिक्षक),कमला श्रीस मगर (व्यवस्थापक)