पिएसजी

पिएसजीमा अनुबन्ध हुँदै हर्नान्डेज

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन( पिएसजी) ले रक्षक लुकास हर्नान्डेज अनुबन्ध गर्ने भएकाे छ ।

पिएसजीले  फ्रेन्च रक्षक हर्नान्डेजलाई जर्मन क्लब बायर्न म्युनिखबाट अनुबन्ध गर्न लागेको हो । हर्नान्डेज मेडिकल टेस्टका लागि पेरिस पुगिसकेका छन् ।

हर्नान्डेजले बिहीबार नै औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन् । इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार पिएसजीले हर्नान्डेजलाई करिब ५० मिलियन युरोमा अनुबन्ध गर्न लागेको हो ।

हर्नान्डेजले पिएसजीसँग ३ वर्षको सम्झौता गर्न लागेकाे बताइएको छ । सन् २०१९ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट बायर्न भित्रिएका हर्नान्डेजले ७४ जर्मन बुन्डेसलिगा खेल खेले ।