एमएलएस

मेसीको आगमनसँगै एमएलएसको चर्चा चुलिने मासको दाबी

न्युयोर्क । इन्टर मियामीका मालिक जर्ज मासले विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीको आगमनसँगै मेजर लिग सकर (एमएलएस) विश्व फुटबलकै शीर्ष दुई लिगमा अटाउने विश्वास व्यत्त गरेका छन । 

यसै महिनाको अन्त्यसँगै फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सँगको सम्झौता सकिएसँगै मेसी इन्टर मियामी भित्रनेछन । 

मासले मेसीको आगमन एमएलएसका साथै अमेरिकी फुटबलका लागि नयाँ अवसर भएको समेत बताए ।

मेसीले यसअघि पनि मियामी आउने इच्छा देखाएका थिए तर केही कारणले त्यो सम्भव भएको थिएन,मासले भने, तर अहिले भने उनको आगमन सम्भव भएको छ । उनको आगामन एमएलएस र अमेरिकी फुटबलकै लागि ठूलो उपलब्धी हो । मेसी आएसँगै एमएलएस पनि अब विश्वको शीर्ष दुई लिग भित्र पर्नेमा हामी ढुक्क छौ ।