सहिद स्मारक ‘ए’ डिभिजन लिग

मछिन्द्र, आर्मी र एपिएफलाई एएफसी क्लब लाइसेन्स

काठमाडौं ।  नेपालको शीर्ष डिभिजन सहिद  स्मारक ‘ए’ डिभिजन लिगका  मछिन्द्र, त्रिभुवन आर्मी र नेपाल एपिएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन् ।  

एएफसीको फर्स्ट इन्स्ट्यान्ट बडी (एफआइबी) ले मछिन्द्र, आर्मी र एपिएफलाई एएफसी क्लब लाइसेन्स दिने निर्णय गरेको हो ।

मछिन्द्र, आर्मी र एपिएफले २०२३/२४ सिजनकाे एएफसी क्लब प्रतियोगिताका लागि लाइसेन्स प्राप्त गरेका हुन्। लाइसेन्स एएफसी कपका लागि लागू हुनेछ।

तीनै क्लबले गत सिजनका लागि पनि क्लब लाइसेन्स प्राप्त गरेका थिए ।