सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा मछिन्द्रलाई अग्रता

फाइल फोटो

काठमाडौं । साबिक विजेता मछिन्द्रले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी खेलको १६औं मिनेटमा ओलावाले अफिजको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। अफिजले दिवाकर चौधरीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

पहिलाे हाफकाे इन्जुरी समयमा अफिजले नै टाेलीकाे अग्रता दाेब्बर बनाए । अफिजले आन्द्रेस नियाको पासमा सातदोबाटोका रक्षक इभन मिरिच र एकराज बुढाथोकी तथा गोलकिपर अभिषेक बराललाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । 

मछिन्द्र २२ खेलमा नौ जित, नौ बराबरी र चार हारको नतिजासहित ३६ अंक जोडेर तेस्रो स्थानमा छ । सातदोबाटो समान खेलमा आठ जित, पाँच बराबरी र नौ हारको नतिजासहित २९ अंकका साथ सातौं स्थानमा छ ।