इन्टर मिलान

इन्टर च्याम्पियन्स लिगमा छनोट

मिलान । इन्टर मिलानले शनिबार एटलान्टामाथि ३२ को जितसहित इटालियन सिरी ए को शीर्ष चारमा बस्दै आगामी सिजनका लागि च्याम्पियन्स लिगको टिकट पक्का गरेको छ । 

खेलको पहिलो मिनेटमा रोमेलु लुकाकु र तेस्रो मिनेटमा निको बारेल्लाको गोलमा इन्टरले २-० को अग्रता लिएको थियो । 

३६औं मिनेटमा पालासिचको गोलमा एटलान्टाले खेलमा फर्कने संकेत गरेको थियो । ७७औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टरले आफ्नो अग्रता ३-१ मा पुर्याएको थियो ।

इन्जुरी समयको पहिलो मिनेटमा इन्टरका ओनानाले आत्मघाती गोल गरे पनि सो गोल एट्लान्टालाई खेलमा फर्कन पर्याप्त भएन ।

इन्टरले गत साता मात्र कोपा इटालियाको उपाधि जितेको थियो । इन्टरले जुनमा इस्तानबुलमा हुने च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस प्रियिमर लिगको विजेता म्यानचेस्टर सिटीको सामना गर्दैछ । 

इन्टर ३७ खेलमा ६९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । लिग विजेता शीर्ष स्थानको नेपोलीको ८६ अंक छ । तेस्रो स्थानको लाजियोको ३६ खेलमा ६८ र चौथो स्थानको एसी मिलानको ६४ अंक छ । पाँचौ स्थानको एट्लान्टाको ३७ खेलमा ६१ अंक छ ।