काभा महिला भलिबल च्याम्पियनसिप

उज्वेकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थानका लागि हुने खेलमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । 

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपाल काजकिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो । उज्वेकिस्तान भने पहिलो सेमिफाइनलमा भारतसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । 

नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान ११ः३० बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गर्ने क्रममा उज्वेकिस्तानलाई हराएको थियो । नेपाल उज्वेकिस्तानविरुद्ध सोही जित लय कायम राख्न चाहन्छ । 

आजै हुने फाइनल खेलमा काजकिस्तान र भारत आमने सामने हुँदैछन । फाइनल खेल ५ बजे हुनेछ ।