फ्रेन्च लिग वान

पिएसजी लिग वान च्याम्पियन

पेरिस । लियोनल मेसीको गोलमा शनिबार स्टार्सबर्गसँग १-१ को बरारबीमा रोकिए पनि पेरिस सेन्ट जर्मन (पिएसजी)ले कीर्तिमानी ११औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । 

५९औं मिनेटमा मेसीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । मेसीले यस सिजन लिगमा पिएसजीका लागि १६ गोल गरेका छन । यस सिजनसम्मका लागि मात्र पिएसजीसँग सम्झौता भएकाले मेसी आगमी सिजन पिएसजीमा हुनेछैनन । ७९औं मिनेटमा गामिरोको गोलमा स्टार्सबर्ग खेलमा फर्किएको थियो । 

अंक बाँडे पनि सो अंक पिएसजीलाई एक खेल अगावै लिगको उपाधि रक्षा गर्न पर्याप्त बन्यो । पिएसजी ३७ खेलमा ८५ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ४ अंक बढी हो । स्टार्सबर्ग भने समान खेलमा ४० अंकसहित १५औं स्थानमा छ । 

पिएसजीले लिगको अन्तिम खेलमा आगामी शनिबार क्लेरमोन्टको सामना गर्नेछ ।