चर्च ब्वाइज युनाइटेड

चर्च ब्वाइजको मुख्य प्रायोजकमा अपी पावर

काठमाडौं ।अपी पावर कम्पनीले सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब चर्च ब्वाइज युनाइटेडलाई मुख्य प्रायोजनकाे रुपमा साथ दिने भएको छ । 

सम्झौता हाललाई एक वर्षको रहने र त्यसका नवीकरण गर्ने विकल्प पनि रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  सम्झौता कार्यक्रममा अपी पावरका प्रबन्धनिर्देशक सञ्जीव न्यौपाने, निर्देशक इन्द्रमणी त्रिताल, चर्च ब्वाइजका अध्यक्ष टंकलाल राई, कोषाध्यक्ष रीता राई, कप्तान अनन्त तामाङ लगायतको उपस्थिती थियो ।

अपि पावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीको कार्यकारी सञ्चालक सञ्जिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फबाट अध्यक्ष टंकलाल राईले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले सम्झौताको आर्थिक पक्ष भने खुलाएको छैन । सम्झौता पश्चात अब क्लबको नाम अपी पावर चर्च ब्वाइज युनाइटेड रहनेछ ।