माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

काठमाडौं, (खेलाडी)-  मनिस डांगींको निर्णायक गोलमा नेपालले माल्दिभ्समाथि १-० को जितका साथ साफ च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्समाथि जित हात पारेको यो पहिलो अवसर हो ।

नेपालका लागि मनिसले ८६ औं मिनेटमा काउन्टर अट्याकमा गोल गरे ।

यसअघि आजै भएको उद्घाटन खेलमा बंगलदेशले श्रीलंकालाई १्-० ले हराएको थियो ।

नेपालले दोस्रो खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ ।