स्पेनिस ला लिगा

ला लिगाका अध्यक्ष टेभासमाथि राजिनामाको दबाब

मड्रिड । बार्सिलोनाले आफूहरुविरुद्ध गलत प्रमाण पेश गरेको भन्दै स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेभासको राजिनामा मागेको छ । 

बार्सिलोनामाथि लिग जित्न रेफ्री खरिद गरेको आरोप लागेको थियो र त्यसमा अनुसन्धान जारी छ । टेभासले बार्सिलोनाविरुद्धको अनुसन्धानलाई बल पुग्ने भन्दै केही कागजात पेश गरेका थिए । 

सो कागजातमा बार्सिलोनाले रेफ्रीहरुलाई आफ्नो पक्षमा निर्णय गर्न जस मारिया इरिक्वेज नेगरिराको कम्पनीलाई ७ मिलियन पाउन्ड खर्चिएको उल्लेख छ । बार्सिलोनामाथि सन् २००१ देखी २००१८ सम्म रेफ्री खरिद गर्न रकम खर्चिएको आरोप छ । 

सन् २००१ देखी २०१८ सम्म जस मारिया ला लिगाको रेफ्री कमिटीको उपाध्यक्ष रहेका थिए । 

‘बार्सिलोनाले केही गल्ती नै गरेको छैन तर पनि केही संचारमाध्यमहरु ला लिगाका अध्यक्ष टेभासको इसारामा हामीविरुद्ध हुँदै नभएको मुद्दामा फसाउन अग्रसर छन’, बार्सिलानाले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘हामी टेभासको राजिनामा माग्न चाहन्छौ । बार्सिलोनामाथि ला लिगाका अध्यक्ष लागि परेको यो पहिलो घटना भने होइन । यसअघि पनि हाम्रो खेलाडी अनुबन्धको विषयमा ला लिगाको अध्यक्ष नै बाधक बनेका थिए ।’