एन्फाका चार निर्णयमा सात माग

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार बसेको विवादित आकस्मिक कार्यसमितिको बैठकले चार निर्णय गरेको छ । एन्फाका चार निर्णयका सात बुँदामा विभिन्न निकायसँग रकम माग गर्ने निर्णय भएको छ ।

एन्फाले विना एजेन्डा बैठक बोलाएको भन्दै तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, मनिष जोशी, सरिला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामा र अनिल मल्ल बैठकमा उपस्थित नभएका हुन् ।

अघिकांश सदस्य भौतिक रूपमा अनुपस्थित भए पछि एन्फाले जुममार्फत बैठक राख्ने भन्दै लिङ्क पठाए पनि उनीहरु त्यसमा पनि जोडिएका थिएनन् ।

एन्फा असन्तुष्ट समूहको बहिष्कारको बाबजुत बसेको आकस्मिक कार्यसमितिको बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप विजेता नेपाली टोलीलाई नगद पुरस्कारका लागि सरकारसँग माग गर्ने लगायतको चार निर्णय गरेको थियो ।

अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले नेपाली राष्ट्रिय फुटवल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

यसैगरी एन्फाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, महिला लिग, जिल्ला लिग लगायका कार्यक्रम सञ्चालन गर्न फिफा एएफसी सँग माग गर्ने निर्णय गरेको छ ।

एन्फा प्रधान्मत्री थ्री नेसन्स कपको पुरस्कार तथा लिग सञ्चालन गर्न अपुग रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग रकम माग गर्ने  लगायतका निर्णय भएकाे छ ।

यस्ता छन् एन्फाका निर्णय