केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप

मच्छिन्द्र र सातदोबाटो भिड्दै

काठमाडौं । मच्द्धिन्द्र फुटबल क्लब  र  सातदोबाटो युथ क्लब आज केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधिका लागि भिड्दैछन । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ बजेबाट सुरु हुनेछ । सातदोबाटो त्रिभुवन आर्मी फुटबल क्लबलाई सडनडेथमा ६–५ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई १–० ले पराजित गरेको थियो । 

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेका प्रतियोगितामा मच्छिन्द्र र सातदोबाटोसहित त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, चर्च ब्वाइज क्लब, जावलाखेल युथ क्लब र एनआरटी गरि ए डिभिजन लिगका सात र आयोजक केपी ओली एफसी गरि कुल आठ टोलीको सहभागिता थियो । केपी ओली एफसीले भने ए डिभिजनकै क्लब थ्री स्टार क्लबका खेलाडीलाई मैदान उतारेको थियो ।

 

प्रतियोगिताको विजेताले उपाधिसहित १० तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र उदयीमान खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन ।