पिस प्वाइन्ट कप

आयोजक पिस प्वाइन्टको सानदार सुरुआत

काठमाडौं । आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुलले पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा  सानदार सुरुआत गरेको छ ।

सानोगौचरणमा  बुधबार भएको उद्घाटन खेलमा पिस प्वाइन्टले एलिक्जिरलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो । पिस प्वाइन्टका लागि राहुल लामाले ह्याट्रिक पूरा गर्दा अभय घिमिरे, विशेष थिङ र नितेश चौधरीले समान दुई तथा दावा शेर्पाले एक गोल गरे ।

अर्को खेलमा प्रस्फुटनले एडभान्सलई ५-० गोलले हरायो । विजेता टोलीका कुशल गिरीले ह्याट्रि पूरा गर्दा निश्चल केसीले दुई गोल थपे । जितसंगै दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  

प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले उद्घाटन गरेका थिए । नकआउट प्रतियोगिताको विजेताले ४०, उपविजेताले २५ तथा तेश्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टोली सहभागी छन् ।