युइएफए युरोपा लिग

पेड्री र गाबीले युनाइटेडविरुद्धको दोस्रो लेग गुमाउने


काठमाडौं । स्पेनसि क्लब बार्सिलोनका युवा मिडफिल्डरद्धय पेड्री र गाबीले युइएफए युरोपा लिगको अन्तिम ३२ को दोस्रो लेग गुमाउने भएका छन् ।


बार्सिलोनले फेब्रुअरी २४ हुने दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

बिहिबार क्याम्प नोउमा भएको पहिलो लेगमा पेड्री घाइते हुन पुगेका थिए ।

ह्यामस्ट्रिङ समस्या पूर्ण रुपमा  निको नभएसम्म पेड्रीमैदानमा नफर्किने बार्सिलोनले जनाएको छ । खेलको ४१ औं मिनेटमा २० वर्षीय पेड्रिको स्थानमा सर्जी रोबर्टो मैदान प्रवेश गरेका थिए ।

त्यस्तै युनाइटेडका मिडफिल्डर फ्रेडलाई फाउल गरेपछि पहेंलो कार्ड ब्यहोरेका गाबी दोस्रो लेगका लागि निलम्बित भएका हुन् ।
 

पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो ।

आफ्नो प्रमुख खेलाडीको अनुपस्थितीले खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेलमा बार्सिलोनालाई केही गाह्रो पर्न सक्छ ।