रियाल मड्रिड

बेन्जेमा र कोर्टोइसले क्लब विश्वकपको सेमिफाइनल गुमाउने

लन्डन । स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा र गोलकिपर थियाबाउट कोर्टोइसले बुधबार क्लब विश्वकपअन्तर्गत अल अहालेविरुद्धको खेल गुमाउने भएका छन । \

कप्तान बेन्जेमा गत साता ला लिगा अन्तर्गत भ्यालेन्सियाविरुद्ध २-० को जित निकालेको खेलमा खुट्टाको चोटका कारण बाहिरिएका थिए । 

आइतबार ला लिगामा रियाल मालोर्कासँग १-० ले पराजित भएको थियो । सो खेलमा पनि बेन्जेमा अनुपस्थित थिए ।

गोलकिपर कोर्टोेइस भने सोही खेल अघि अभ्यासको क्रममा ग्रोइन इन्जुरीका कारण बाहिरएका थिए । सोमबार रियाल सो खेलका लागि मोरक्कोको राजधानी रबाट प्रस्थान गरेको थियो । जुन टोलीमा यी दुई खेलाडी अनुपस्थित छन् । त्यस्तै इडर मिलिटाओ, लुकास भाजक्वेज, फेर्लान्ड मेन्डी र इडेन हाजार्ड पनि टोलीमा उपस्थित छैन । 

रियालले पछिल्लो आठ सिजनमा चार पटक क्लब विश्वकप जितेको छ ।