म्यानचेस्टर युनाइटेड

अग्रपंक्तिमा उत्कृष्ट प्रदर्शन हुने टेन हाकको विश्वास

काठमाडौं । जोर्डन सान्चो र एन्टोनी मार्टिअलको आगमनसँगै म्याचनेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले अट्याकमा प्रभावशाली प्रदर्शन हुने विश्वास गरेका छन् । बुधबार राति दुई अट्याकर दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

एफए कप सेमिफाइलनको दोस्रो लेगमा युनाइटेडले नटिङ्घम फोरेस्टलाई २–० ले पराजित गर्यो । समग्रमा युनाइटेड ५–० ले विजयी भयो । ओल्ड ट्रोफोर्डमा जित निकाल्दै फाइलनमा पुगेको युनाइटेडले फेब्रुअरी २६ मा न्युक्यासलसँग भेट पक्का गरेको छ ।

युनाइटेडसँग मार्कुस रसफोर्ड, एन्टोनी, वोउट वेघोस्र्ट, ब्रुनो फर्नान्डेजजस्ता अट्याकर रहेका छन् । जसमा सान्चो र मार्टिअल फर्किएका छन् । मार्टिअल लामो समय घाइते भएर फर्किएका हुन् । अब, अट्याकमा टेन हागलाई निकै विकल्प रहेका छन् ।

‘हामीले सिजनमा धेरै सम्झौता गरेका थियौं । तर उनिहरु कहिल्यै उपलब्ध भएनन्,’ फाइनल पुगेपछि टेन हागले भने । ‘हामीसँग धेरै खेल बाँकी छन् । उपाधि चाहन्छौं भने सबै खेलाडी उपलब्ध हुनैपर्छ । मलाई आशा छ यो सबै हुन्छ ।’ सान्चो अक्टोबर पछि पहिलो पटक मैदान प्रवेश गरेका थिए ।