प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

व्यक्तिगत अवार्डमा पनि सुदूरपश्चिमको कब्जा

काठमाडाैं । प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशले व्यक्तिगत अवार्डमा  पनि कब्जा जमाएको छ ।

सुदूरपश्चिमकी ब्याटर कविता कुँवर सर्वोत्कृष्ट खेलाडीसहित उत्कृष्ट ब्याटर तथा ‘सुनसरी प्लयर अफ द च्वाइस’ घोषित भइन् ।

कविताले सर्वोत्कृष्ट खेलाडी बने बापत ३० हजार, उत्कृष्ट ब्याटरका रुपमा २० हजार रुपैयाँ तथा ‘सुनसरी प्लयर अफ द च्वाइस’ घोषित भए बापत स्कुटी प्राप्त गरिन् ।

नेपाल खेलकुद महासंघ र जिल्ला क्रिकेट संघ सुनसरीले  ‘सुनसरी प्लेयर अफ द च्वाइस’लाई स्कुटर दिएको हो ।

उत्कृष्ट बलर घोषित सुदूरपश्चिमकै मनिषा चौधरीले २० हजार रुपौयाँ प्राप्त गरिन् । दुवै खेलाडीले सुदूरपश्चिमलाई पहिलोपटक च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

कविताले प्रतियोगिताका पाँच खेलमा दुई अर्धशतकको मद्दमा सर्वाधिक एक सय ३५ रन बनाउँदा मनिषाले समान खेलमा ११ विकेट लिएकी थिइन् ।

सुदूरपश्चिम इटहरीस्थित जनता क्रिकेट पार्कमा शनिबार सम्पन्र फाइनलमा प्रदेश एकलाई ६ विकेटले पराजित गर्दै पहिलाेपटक च्याम्पियन बनेकाे थियाे ।