एक दिवसीय शृंखला

भारतविरुद्ध रोमाञ्चक जितसहित बंगलादेशलाई शृंखला

मिरपुर । लगातार दोस्रो जितसँगै बंगलादेशले बुधबार भारतविरुद्धको तीन एक दिवसीय शृंखला २-० ले जितेको छ ।

दोस्रो एक दिवसीय खेलमा बंगलादेशले भारतलाई पाँच रनले निराश बनायो ।

बंगलादेशले प्रस्तुत गरेको दुई सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै रन मात्र दुई सय ६६ रन जोड्न सक्यो । 

भारतका लागि कप्तान रोहित शर्माले २८ बलमा तीन चौका र पाँच छक्कामद्दतमा अविजित ५१ रन जोडे पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै ओपनर श्रेयस ऐैयरले ८२ र अक्सर पटेलले ५६ रन जोडे ।

बंगलादेशका इबादत हुसैनले तीन तथा  मेहदी हसन मिर्जा र साकिब अल हसनले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ७१ रनको योगफल खडा गरेको थियो ।

बंगलादेशका लागि मेहदी हसन मिर्जाले ८३ बलमा आठ चौका र चार छक्का मद्दतमा अविजित एक सय रन जोडे ।

भारतका वासिङटन सुन्दरले तीन तथा मोहम्मद सिराज र उमर मलिकले समान दुई विकेट लिए ।