आइसिसी ट्वान्टी २० विश्वकप

वर्षाका कारण अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेल प्रभावित

सिड्नी । आइसिसी ट्वान्टी २० विश्वकपको समूह ‘एक’अन्तर्गत शुक्रबार हुने तय भएको अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेल पनि वर्षाका कारण प्रभावित भएको छ । यसअघि शुक्रबार नै हुने भनिएको आयरल्यान्ड र अफगानिस्तानबीचको खेल पनि टस समेत नभई रद्द भएको थियो ।

नेपाली समयअनुसार ४ः ३१ बजेसम्म पनि खेल सुरु हुन नसके रद्द हुनेछ । पछिल्ला दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको अस्ट्रेलिया आज जित्नै पर्ने दबाबमा छ । यस्तै, अस्ट्रेलिया समान नतिजा निकालेको इङ्ल्यान्ड पनि गर या मरको अवस्थामा छ ।