फाल्गुन १९, २०८२ मंगलबार | १०:५६:५८
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का
शनिबारको दिन सिकन्दर राजा

क्रिकेटमा जिम्बाब्वेको भविष्य देखाउने त्यो जित

सिड्नी । पर्थस्थित ओप्टस स्टेडियममा आफ्नो पहिलो खेल खेल्नु अघिको रात  जिम्बाब्वेका अलराउन्डर सिकन्द राजा चिन्तित थिए । हरिस रौफको नेतृत्वमा रहेको पाकिस्तानी तिब्र गतिको बलिङ आक्रमणविरुद्ध कसरी खेल्ने होला भन्नेमा सोचमा डुबेसँगै उनी रात भर निदाउन सकेनन् ।

‘मैले पाकिस्तानका तिब्र गतिको बलरको भिडियो फुटेजहरु पटक पटक दोहो¥याएर हेर्दै त्यसै अनुरुप योजना बनाइरहेको थिएँ,’ राजाले भने, ‘पर्थमा मेरो यो पहिलो खेल थियो । त्यसैले मैले यहाँबाट धेरै कुराहरु सिक्ने अवसर थियो । समग्र जिम्बाब्वे टोलीले पाकिस्तानविरुद्धको खेलबाट धेरै अनुभवन लिनसक्थ्यो । जिम्बाब्वे टोलीले पर्थमा धेरै खेल खेल्न पाएको छैन । जिम्बाब्वेले पछिल्लो पटक सन् २००३–४ मा अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला खेलेको थियो । जहाँ म्याथ्यु हेडनले हामीविरुद्ध कीर्तिमानी तीन सय ८० रन प्रहार गरेका थिए ।’

राजालाई जे कुराको डर थियो, त्यस्तै भैइदियो । उनले रौफको बलिङमा खुलेर खेल्नै सकेनन् । मोहम्मद वासिमको बलमा रौफबाट क्याच हुनुअघि राजाले १६ बलमा एक चौकाको मद्दतमा मात्र ९ रन जोडे ।

जिम्बाब्वेले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रनको योगफल खडा ग¥यो । जिम्बाब्वे टिम पाकिस्तानजस्तो बलियो टोलीविरुद्ध तयार गरेको मध्यम योगफलमा सन्तुष्ट थिएन । यसअघि दक्षिण अफ्रिकाविरुद्धको खेलमा हारको संघारमा पुगेको जिम्बाब्वेको संकट वर्षाले टार्दिएको थियो ।

‘मलाई हामीले १५ –२० रन कम जोड्यो जस्तो लागिरहेको थियो,’ राजाले भने, ‘तर टोलीमा भने पूर्णरुपमा विश्वास थियो । राम्रो बलिङ र फिल्डिङ गरेको खण्डमा यो योगफल जोगाउन सकिन्छ भन्नेमा हामी आशाबादी थियौं । हामी कुनै पनि हालतमा पाकिस्तानविरुद्ध जित निकाल्न चाहन्थ्यो ।’

आठ ओभरको समाप्तीमा पाकिस्तानको शीर्ष क्रमका ब्याटरलाई पपेभेलियनको बाटो देखाएसँगै जिम्बाब्वेको मनोबल थप बढेको थियो । आठ ओभरमा पाकिस्तान ३६–३ को स्थितीमा पुगेको थियो ।  तर सन मन्सुद र सडाबल खानले चौथो विकेटका लागि ५२ रनको साझेदारी गरेपछि पाकिस्तान पुनः जिम्बाब्वेमाथि हाबी देखिएको थियो ।

अघिल्लो खेलमा चिरप्रतिद्धन्द्धी भारतसँग निराश भएको पाकिस्तान जितसहित दबाब कम गर्ने लक्ष्यमा रहेको थियो ।

पाकिस्तानको मध्यक्रममा एक विकेट सकेमा पुनः आफुहरु खेलमा हाबी हुन सक्नेमा भने जिम्बाब्वेको टोली विश्वस्त देखिएको थियो । चौधौ ओभरको खेलपछि पाकिस्तानलाई जितका लागि ५१ रन आवश्यक थियो । १३औ ओभरको खेलपछि पाकिस्तानलाई जितका लागि ५१ रन आवश्यक थियो । राजाले त्यसभन्दा अघि दुई ओभरमा ११ रन खर्चिए पनि विकेट भने लिन सकेका थिएनन् ।

१४औं ओभरको तेस्रो बलमा राजालाई सडाबले छक्का प्रहारे गरेपछि पाकिस्तानलाई जितका लागि ३९ बलमा ४५ रन आवश्यक थियो । चौथोबलमा राजाले सडाबलाई सेन विलियम्सबाट क्याच गराए । जहाँबाट जिम्बाब्वेको खेलमा फर्कने आशा पुनः जागेको थियो । पाँचौ बलमा  राजाले हैदर अलीलाई एल्बीडब्लुको शिकार बनाए । आफ्नो अन्तिम ओभरमा महत्वपूर्ण मानिएको मन्सुदको विकेट लिएपछि जिम्बाब्वे खेलमा हाबी भयो ।

‘मैले ब्याटिङका साथै बलिङमा पनि मिहेनत गरेको थिए,’ राजाले भने, ‘मेरो ब्याटिङ चलेको थिएन । त्यसैले बलिङमा राम्रो गर्छु भन्नेमा विश्वस्त थिएँ ।’भारतविरुद्धको खेलको अन्तिम ओभरमा मोहम्मद नवाजकै कारण हार्नु परेको भन्दै उनको आलोचना भएको थियो । यीनै नवाज जिम्बाब्वेविरुद्ध भने पाकिस्तानी टोलीलाई जितको संघारमा पु¥याउदै भिलेनबाट हिरो बन्न चाहन्थे । अन्तिम दुई ओभरमा पाकिस्तानलाई जितका लागि २२ रन आवश्यक थियो । पाकिस्तानको चार विकेट सुरक्षित थियो ।

‘मैले कप्तान इर्बिनलाई एनग्राभालाई १९ औं र ब्राड इभान्सलाई २०औं ओभरको बलिङ दिन सुझाएँ । एनग्राभाले निकै राम्रो बलिङ गरिरहेका थिए । उनले अन्तिम ओभरमा पाकिस्तान सामु जितका लागि १५–१६ रन मात्र बाँकी राखिदिएमा त्यो हाम्रा लागि अझ सहज हुने थियो,’ उनले भने ।

१९औं ओभरमा पाकिस्तानले ११ रन जोड्यो र अन्तिम ओभरमा जितका लागि ११ रन नै बाँकी रह्यो । इभान्सले अन्तिम ओभरको पहिलो दुई बलमा सात रन खर्चिसकेका थिए । जहाँबाट पाकिस्तान जितको थप नजिक पुगेको थियो ।अन्तिम दुई बलमा जितका लागि पाकिस्तानलाई मात्र तीन रन आवश्यक थियो । पाँचौ बलमा नवाज आउट भए । अन्तिम बलमा पाकिस्तानले एक रन मात्र जोड्न सक्यो । राजाले प्रहार गरेको बलमा विकेटकिपर चकाबाले साहिन शाह अफ्रिदीलाई रन आउट गरेसँगै जिम्बाब्वेले अप्रत्यासित जित पक्का गरेको थियो ।

कुनै समय पाकिस्तान एयर फोर्समा पाइलट बन्ने लक्ष्य राखेका राजा, विश्वकपमा पाकिस्तानविरुद्ध जिम्बाब्वेले निकालेको नाटकीय जितमा नायक साबित भए ।

सन् २०२३–२७ को फुयुचर टुर्स प्रोग्राम( एफटिपी) अन्तर्गत अस्ट्रेलिया, भारत र इङल्यान्डविरुद्ध जिम्बाब्वेलाई समावेश गरिएको छैन । तर अस्ट्रेलियाली भूमिमा निकालेको जितले भने जिम्बाब्वेको मनोबल बढाएको छ ।

‘हामीसँग धेरै युवा खेलाडीहरु छन्,’ राजाले भने, ‘हामीले (जिम्बाब्वे) अझै शीर्ष स्तरमा क्रिकेट खेल्न सक्छ भन्ने प्रमाणित गरेका छौ । हामी अन्य खेलाडीका लागि प्रेरणको स्रोत बन्न सक्छौ । जिम्बाब्वेमा पनि खेलकुदमा भविष्य छ भन्ने प्रमाणित गर्ने जिम्मेवारीमा हाम्रो काँधमा छ ।’