ट्वान्टी२० विश्वकप क्रिकेट

वेस्ट इन्डिज बाहिरियो, आयरल्यान्ड सुपर १२ मा

सिड्नी । आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै दुई पटकको विजेता वेस्ट इन्डिज ट्वान्टी२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको एक सय ४७ रनको लक्ष्य   आयरल्यान्डले १७.३ ओभरमा मात्र एक विकेट क्षतीमा भेट्टायो । आयरल्यान्डका लागि पाउल स्टर्लिङले अविजित ६६ र लोकान टर्करले अविजित ४५ रन जोडे ।स्टर्लिङले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । टर्करले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे । कप्तान एन्डी बालबिरेनले २३ बलमा ३ चौका र ३ छक्का मद्दतमा ३७ रन जोडे ।

एन्डी र स्टर्लिङ पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि  स्टर्लिङले टर्करसँग अविजित ७७ रनको साझेदारी गरेका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार पारेको थियो । 
वेस्ट इन्डिजका ब्रान्डन किंगले अविजित ६२,जोन्सन चाल्र्सले २४ रन जोडे । 

आयरल्यान्डका गारेथले ३ विकेट लिए ।

सन् २०१२ र २०१६ को ट्वान्टी२० विश्वकप विजेता वेस्ट इन्डिज यस पटक भने समूह चरणबाट बाहिरिएको हो ।

समूह बी बाट ३ खेलमा २ जितपछि ४ अंकसहित शीर्ष स्थानमा बस्दै सुपर १२ मा प्रवेश गरेको छ । ३ खेलमा २ अंक मात्र जोडेको वेस्ट इन्डिजको यात्रा समूह चरणबाट माथि उठ्न सकेन ।

दोस्रो स्थानको स्कटल्यान्ड र जिम्बाब्वेको समान २ अंक छ । यी दुई बीचको विजेताले पनि सुपर १२ स्थान बनाउने छ ।