ट्वान्टी २० विश्वकपको लागी भारतीय टोली घोषणा

नयाँ दिल्ली, (खेलाडी)- संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने ट्वान्टी २० विश्वकपका लागी भारतले बिहीबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

बिहीबार घोषित भारतीय टोलीमा स्पिनर रविचन्द्रन आश्विनले तीन वर्षपछि पुनरागमन गरेका छन् । आश्विन पछिल्लो पटक २०१७ को जुलाइमा वेस्ट इन्डिजविरुद्ध खेल्दा टोलीमा थिए । 

टोलीमा उपकप्तानको जिम्मेवारी रोहित शर्माले पाएका छन् । यसैगरी केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किसन, हार्दिक पण्डया, रविन्द्र जडेजा, राहुल चहर, रविचन्द्रन आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार र मोहमद सामी छन् । 

भारतले वैकल्पिक खेलाडीको रुपमा श्रेयस ऐयर, दीपक चहर र सार्दुल ठाकुरलाई समावेश गरेको छ ।

अक्टोबर १७ देखि सुरु हुने विश्वकपमा भारतले २४ अक्टोबरमा चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।